Remote Academic Support Programme – 2077

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु 

भद्रकाली बहुमुखी क्याम्पस

विषय: शैक्षिक सहयोग कार्यक्रम सञ्चालन हुने बारेको सूचना .

Corona virus (COVID 19) को विश्वव्यापी महामारीले सृजना गरेको वर्तमान प्रतिकूल परिस्थिति र देशमा    भइरहेको  बन्दाबन्दीका कारण क्याम्पसमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको औपचारिक पठनपाठन अवरुद्ध भइरहँदा स्वयम् विद्यार्थी भाइबहिनीहरु, आदरणीय  अभिभावकहरु लगायत हामी सबै चिन्तित छौं / बन्दाबन्दी खुल्ला र अवस्था सहज होला भनेर प्रतीक्षा गर्दागर्दै परिस्थिति झन् जटिल बन्दै गएपछि हाम्रा विद्यार्थीहरूको अवरुद्ध औपचारिक सिकाइ प्रक्रियालाई कसरी सहज बनाउन सकिएला भन्ने विषयमा वैकल्पिक उपायहरूको खोजी गर्दै जाँदा वर्तमान परिस्थितिमा क्याम्पस का कक्षाहरु पूर्ववत् सहज सञ्चालनमा ल्याउन सकिने अवस्था विकसित नहुन्जेल विद्यार्थीहरूको सहजताका लागि निर्धारित   तालिका अनुसार सबै संकायका प्रथम र दोस्रो वर्षका   विद्यार्थीहरुलाई अनलाइन मार्फत शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्नलागिएकाले सबै विद्यार्थीलाई  सम्भव भएसम्म समय तालिका अनुसार उक्त कार्यक्रममा सहभागिता जनाई सिकाइ लाभ  हासिल गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ .  साथै  विविध कारणले उक्त कार्यक्रममा प्रतक्ष्य र नियमित सहभागी हुन  नसक्ने र स्नातक तह तेस्रो र चौथो वर्षका विद्यार्थीहरुले कक्षागत  मेसेन्जर u|’k मार्फत   अथवा शिक्षकहरूको  फोन सम्पर्कमा रही शैक्षिक रूपमा  सुसूचित  हुनकालागि अनुरोध गरिन्छ . त्यसबाहेक यस बन्दाबन्दीको समयलाई आफूसँग भएका  पाठ्यपुस्तक  तथा अन्य शैक्षिक सामग्रीहरूको भरपुर उपयोग गरी समयको सदुपयोग  गर्न अनुरोध गरिन्छ .  थप सूचनाहरु को लागि क्याम्पस को फेसबुक पेज www.facebook.com/bhadrakalicampus तथा क्याम्पसको वेबसाइट www.bhadrakali.edu.np हेर्दै गर्नुहुन अनुरोध गरिन्छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *